Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • रोनाल्डो : बालोन डी’ओर जितेनन्, कीर्तिमान बनाउन रोकिएनन्

    रोनाल्डो : बालोन डी’ओर जितेनन्, कीर्तिमान बनाउन रोकिएनन्

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले रोमाञ्चक जित निकालेको छ। युनाइटेडले आर्सनललाई ३–२ गोलले पराजित गरेको हो।

    खेलमा पछि परेको अवस्थालाई उल्ट्याउँदै युनाइटेडले घरेलु मैदानमा आर्सनलमाथि ३–२ को जित दर्ता गरेको हो। खेलको १३औं मिनेटमा मोहम्मद इलानेको पासमा इमिल सिथ रोवीको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिएको थियो।



    तर खेलको ४४औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए। ५२औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई खेलमा २–१ को अग्रता दिलाए।



    ५४औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए। ७०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ३–२ को जित दिलाए।
    आर्सनलविरुद्ध दुई गोल गरेपछि रोनाल्डोले आफ्नो व्यवसायिक खेल करिअरमा ८ सय गोलको आँकडा पार गरेका हुन्।

    जितसँगै युनाइटेड १४ खेलबाट २१ अंक जोडेर सातौ स्थानमा रहेको छ। पराजित आर्सनलले चौथो स्थानमा उक्लने अवसर खेर फाल्दा २३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ।

    उता युनाइटेड स्टार रोनाल्डोले व्यवसायिक खेल करिअरमा ८ सय गोल पुरा गर्दै नयाँ कीर्तिमान बनाएका छन्। रोनाल्डोले सो खेलको ५२औं मिनेटमा गोल गर्दै आफ्नो व्यवसायिक करिअरको ८ सयौं गोल पुरा गरेका हुन्।

    ७०औं मिनेटमा अर्काे गोल गर्दै रोनाल्डोले कीर्तिमानी ८०१ गोल आफ्नो नाममा लेखाए। सन् २००२ मा स्पोर्टिङ सिपीबाट व्यवसायिक खेल करिअर सुरु गरेका रोनाल्डोले इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा र इटालियन सिरी ‘ए’ मा लगातार गोल गर्दै थुप्रै कीर्तिमान बनाएका छन्।

    उनले मोरिरेन्सेमाथि ३–० को जित निकालेको खेलमा दुई गोल गर्दै व्यवसायिक खेल करिअरमा गोलको खाता खोलेका थिए। त्यसपछि उनी म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका थिए।

    उनले व्यवसायिक खेल करियरमा स्पोर्टिङ सिपीबाट ३१ खेलमा ५, म्यानचेस्टर युनाइटेडबाट २९२ खेलमा ११८, रियल म्याड्रिडबाट ४३८ खेलमा ४५०, युभेन्ट्सबाट १३४ खेलमा १०१, पोर्चुगलबाट १८४ खेलमा ११५ र युनाइटेडबाट यो सिजन १६ खेलमा १२ गोल गरेका छन्।

    ३६ वर्षीय रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल (११५), च्याम्पियन्स लिग (१४०) र युरोपियन च्याम्पियनसिप (१४) को सर्वाधिक गोलकर्तासमेत हुन्। रोनाल्डोले एफए कपमा टोटेनहमविरुद्ध गोल गर्दै १ सय गोल पुरा गरेका थिए।

    रियल म्याड्रिडबाट च्याम्पियन्स लिगमा आयाक्सविरुद्ध २ सयौं गोल पुरा गरेका थिए। ला लिगामा एथलेटिको बिल्वाओविरुद्ध ३ सय, ला लिगामै सेल्टाविरुद्ध ४ सय, च्याम्पियन्स लिगमा साख्तरविरुद्ध ५ सय, च्याम्पियन्स लिगमा युभेन्ट्सविरुद्ध ६ सय र लक्जेमवर्गविरुद्ध ७ सय गोल पुरा गरेका थिए।

    उनले ७ सय गोल पुरा गरेको दुई वर्षपछि मात्रै ८ सय गोलको आँकडा पार गरेका हुन्। उनले ३० वर्ष पार गरेपछि ३७२ खेलमा ३३८ गोल गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार