Online Nepal
  • आइतबार, ९ माघ २०७८
  • रेड पाण्डाको छालासहित २ जना पक्राउ

    रेड पाण्डाको छालासहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    जाजरकोट। जिल्ला प्रहरी कार्यालय जाजरकोटले दुर्लभ बन्यजन्तु रेडपाण्डा छालासहित २ जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा बारेकोट गाउँपालिका-८का ३५ वर्षीय लोक बहादुर रोकाय र सोही ठाउँ बस्ने २० वर्षीय गोरख बहादुर रोकाय रहेका छन् ।



    उनीहरुलाई सेपुखोलास्थित कौशीला कटेज एण्ड रेष्टुरेन्टबाट रेडपाण्डाको १ थान छालासहित बुधबार प्रहरीको टोलीले पक्राउ गरेको हो।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार