Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • राप्रपा महाधिवेशन: अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता

    राप्रपा महाधिवेशन: अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् ।

    भृकुटीमण्डपमा जारी महाधिवेशनमा शुक्रबार उनीहरुले निर्वाचन कार्यालयमा पुगेर अध्यक्षमा मनोनयन दर्ता गराएका हुन् ।



    राप्रपाको एकता महाधिवेशनमा थापाको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, वुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्कीले उम्मेदवारी दिएका छन्।



    त्यस्तै महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाहीले उम्मेदवारी दिएका छन् ।

    यसैगरी, लिङ्देन पक्षबाट उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दिएका छन् । लिङ्देन पक्षबाट महामन्त्रीमा डा. धवलशम्शेर राणा, श्याम तिमिल्सिना, रेखा थापाले उम्मेदवारी दिएका छन् ।

    १९९ सदस्यीय केन्द्रीय समितिका १४९ जना राप्रपाले निर्वाचनबाट चयन गर्नेछ । जसमा अध्यक्षसहित ८ जना पदाधिकारी र १४१ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

    मतदान भोलि शनिबार हुँदैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार