Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • सोह्रखुट्टेको ब्ल्याङ्केटको गोदाममा भीषण आगलागी, ६ वटा दमकलले पनि निभाउन सकेनन्

    सोह्रखुट्टेको ब्ल्याङ्केटको गोदाममा भीषण आगलागी, ६ वटा दमकलले पनि निभाउन सकेनन्

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 945
    SHARES

    फाइल फोटो

    काठमाडौं । सोह्रखुट्टेको नयाँ बजारमा रहेको ब्ल्याङ्केटको गोदाममा आगलागी भएको छ ।

    महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका अनुसार शुक्रबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि काठमाडौं, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका दमकल खटिएका छन् ।



    सोह्रखुट्टेका डीएसपी दुर्गा दाहालका अनुसार वस्तीको बीचमा आगलागी भएकाले आगोलाई फैलिन नदिने गरी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।



    आगलागीबाट के कति क्षति भएको छ भन्नेबारे यकिन बिवरण आइनसकेको दाहालले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार