Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • विवाहको दिन जन्ती नआएपछि बेहुलाकै घरमा पुगेर धर्नामा बसिन् बेहुली

    विवाहको दिन जन्ती नआएपछि बेहुलाकै घरमा पुगेर धर्नामा बसिन् बेहुली

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 2.7K
    SHARES

    एजेन्सी । भारतमा विवाहको दिन जन्ती लिएर बेहुला नआएपछि बेहुलीले बेहुलाको घरमै पुगेर धर्ना दिएकी छिन् ।

    विवाहको दिनभर बेहुला आउने बाटो हेरेर बसेकी बेहुली साँझसम्म पनि वेहुला नआएपछि उनकै घरमा पुगेर धर्ना दिएकी हुन् ।



    भारतको बरमपुरमा दुलही आफ्नी आमासँग दुलहाको घरमा धर्ना दिन पुगेकी हुन् । दुलहीले विवाहको दिन दुलहा जन्ती लिएर उनको घर नपुगेको बताएकी छिन् ।



    भारतीय सञ्चार माध्यम आजतकमा प्रकाशित समाचार अनुसार यी दुईले केही दिन अघि अदालती विवाह गरेका थिए र दुबैको परिवारले विशेष व्यक्तिहरुको उपस्थितिमा पारम्परिक हिन्दु रिति–रिवाजमा पुनः विवाह गर्ने निर्णय गरेका थिए ।

    बेहुलीका अनुसार उनको परिवारले जन्तीको घण्टौं प्रतिक्षा गरे । बेहुलीले थुप्रै पटक बेहुलालाई फोन र मेसेज पनि पठाइन् । उनका अनुसार बेहुलाले न त फोन उठाए न मेसेजको जवाफ दिए, न नै उनको घरमा जन्ती आयो । त्यसपछि उनी सिधै केटाको घरमा पुगिन् र धर्ना दिन थालिन् ।

    यसबारे स्थानीय प्रहरीले थप अनुसन्धान सुरु भइसकेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार