Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • राप्रपाको केन्द्रीय सदस्यमा युवा नेता हिक्मत जंग कार्की विजयी

    राप्रपाको केन्द्रीय सदस्यमा युवा नेता हिक्मत जंग कार्की विजयी

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को काठमाडौंमा सम्पन्न महाधिवेशनबाट युवा नेता हिक्मत जंग कार्की पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

    खुल्ला तर्फ चुनाव लडेका कार्की एक हजार तीन सय १२ मत ल्याएर विजयी भएका हुन् ।



    युवा संगठनमा क्रियाशील भएर काम गर्दै आएका स्याङ्जाका कार्की पार्टीभित्र प्रष्ट वक्ताका रुपमा चिनिन्छन् । भारी मत ल्याएर चुनाव जितेका कार्कीले पार्टीभित्र आफूले युवा नेतृत्वको प्रतिनिधित्व गर्ने बताएका छन् ।



    कार्की यस अघिको एकता महाधिवेशनमा समेत केन्द्रीय सदस्यका उम्मेदवार बनेका थिए । कार्की सन् २०२१ को अगस्टमा जर्मनीमा भएको इन्टरनेशनल योङ्ग डेमोक्रेटिक यूनियन (आईयूडीयू) को निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए ।


    आइतबार सम्पन्न महाधिवेशनमा कमल थापालाई ११९ मत अन्तरले हराउँदै राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन् । लिङ्देन १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल थापाले १ हजार ६ सय १७ मत पाए । ४३१ मत बदर भएको थियो ।

    त्यसैगरी पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका छन् । उनले २५२१ भोट ल्याए । त्यस्तै बुद्धिमान तामाङ १९४४ भोट ल्याएर विजयी भएका छन् भने ध्रुवबहादुर प्रधान १८१४ भोट ल्याएर विजयी भएका छन् ।

    महिला उपाध्यक्षमा रोशन कार्की १६८९ भोट ल्याएर विजयी भएकी छन् । महामन्त्रीमा भने धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी हुँदा भुवन पाठकले १८०५ भोट ल्याएर जित हासिल गरे ।

    महिला महामन्त्रीतर्फ नायिका समेत रहेकी रेखा थापालाई हराउँदै कुन्ती शाही विजयी भइन् । शाहीले २००८ मत ल्याएकी थिइन भने थापाले १६४० भोट ल्याइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार