Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • अमेरिकी राष्ट्रपतिका पूर्वउम्मेदवार बब डोलको निधन

    अमेरिकी राष्ट्रपतिका पूर्वउम्मेदवार बब डोलको निधन

    अनलाइन नेपाल
  • सोमबार, २० मंसिर २०७८
  • 879
    SHARES

    एजेन्सी । सन् १९९६ मा राष्ट्रपति पदका एक उम्मेदवार अमेरिकी नेता बब डोलको ९८ वर्षको उमेरमा निधन भएको छ। उनी फोक्सोको क्यान्सरबाट पीडित थिए।

    राष्ट्रपति जो बाइडनले अमेरिकाका दुई प्रमुख राजनीतिक दलका तर्फबाट डोलप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। उनले डोल ‘प्रिय मित्र’ र ‘आफूहरूको इतिहासमा कमै देखिएका अमेरिकी राजनीतिज्ञ’ रहेको बताए।



    डोल लामो समयसम्म क्यानसस राज्यलाई प्रतिनिधित्व गर्ने सिनेटर थिए। राष्ट्रपतीय निर्वाचनमा उनले डेमोक्र्याटिक दलका नेता बिल क्लिन्टनसँग प्रतिस्पर्धा गरेका थिए।



    उनी दोस्रो विश्व युद्धमा सहभागी सैन्य अधिकारी समेत हुन् जो युद्धका क्रममा झन्डै मारिएका थिए। डोलको निधनको खबर उनकी पत्नीको प्रतिष्ठानले सार्वजनिक गरेको थियो जसमा उनले ‘७९ वर्षसम्म इमानदारीपूर्वक संयुक्त राज्य अमेरिकाको सेवा गरेको’ उल्लेख छ।

    सन् १९९६ को राष्ट्रपतीय निर्वाचनका प्रतिद्वन्द्वी पूर्वराष्ट्रपति बिल क्लिन्टनले डोलको उदाहरणले ‘आजका र आगामी पुस्ताका मानिसहरूलाई प्रेरित गर्नुपर्छ’ भनेका छन्।

    अर्का पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुशले डोलले ‘अमेरिकी मूल्यमान्यताहरूको उत्कृष्ट प्रतिनिधित्व गरेको’ भनेका छन्।

    त्यस्तै बुसका डेमोक्र्याटिक उत्तराधिकारी बराक ओबामाले डोललाई ‘युद्ध नायक, राजनीतिक नेता र एक राजनेता’ को सङ्ज्ञा दिएका छन्। (बीबीसीको सहयोगमा)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार