Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ४३ वर्ष जेल बसेपछि निर्दोष सावित भएका अमेरिकी नागरिक भर्खर मोबाइल चलाउन सिक्दै

    ४३ वर्ष जेल बसेपछि निर्दोष सावित भएका अमेरिकी नागरिक भर्खर मोबाइल चलाउन सिक्दै

    अनलाइन नेपाल
  • सोमबार, २० मंसिर २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । अमेरिकाको मिजोरीस्थित एक व्यक्ति ४३ वर्षको कठिन जेलजीवन पछि निर्दोष साबित भएका छन् ।

    अमेरिकी न्युज च्यानल सिबीएसका अनुसार हत्या अभियोगमा ४३ वर्षसम्म जेलमा बसेका केभिन स्ट्रिकल्याण्ड नामका ६२ वर्षीय अमेरिकी नागरिक हालै निर्दोष सावित हुँदै रिहा भए।



    सन् १९७९ मा हत्या अभियोगमा मिजोरीस्थित जेल पुगेका उनले जेलको लामो र कठिन समयका अनुभव उनले शेयर गर्न थालेका छन् । यसै क्रममा उनले जेलबाट निस्किएपछि मात्रै अहिले स्मार्टफोन चलाउन सिक्दै गरेको कुरा मिडियासामु बताएका छन् ।



    उनले जेलबाट रिहा भएपछि सिबीएस न्युज च्यानलबाट अन्तर्वार्ता दिँदै भनेका थिए ‘आज म बाहिर निस्किएँ । म एउटा अन्तरीक्ष युगमा प्रवेश गर्दैछु । र मलाई यसबारे केही थाहा छैन ।’

    जेलमा रहँदा उनलाई राज्यले कुनै आर्थिक सहयोग नगरेको बताए । साथै उनले प्रयोग गर्ने ह्वीलचियर समेत खोसिएको बताए । यस्तै स्पाइनल स्टेनोसिसका बिरामी उनले त्यहाँ रहँदा उपचारको सुविधा पनि पाएनन् ।

    पछिल्ला केही दिनयता परिवार, साथीभाइ र अरु व्यक्तिहरू उनको वरिपरी झुम्मिँदैछन् । जेलबाट रिहा भएपछि स्ट्रिकल्याण्डले चन्दावापत १ मिलियन अमेरिकी डलरभन्दा धेरै रकम प्राप्त गरिसकेका छन् । जुन रकम उनको उपचारका लागि प्रयोग गरिने बताइएको छ ।

    रिहा भएपछिका उनको दैनिकी पनि नितान्त नयाँ र अनौठो तरिकाले बितिरहेको छ । उनले यसबीचमा आफ्नो दाह्री काटे । जुन उनले जेलमा रहँदा रिहा भएपछि मात्रै काट्ने वाचा गरेका थिए ।

    उनी १९७९ मा तीनवटा हत्याको अभियोगमा जेल पठाइएका थिए । तर २०२१ को मे महिनामा स्थानीय अभियोजक जीन पेटर्स बेकरले उनी निर्दोष रहेको बताउँदै रिहाइका लागि भने राज्य महान्यायाधीवक्तासँग थप संघर्ष गर्नुपर्ने जनाएका थिए । उनलाई रिहाइका लागि भएको संघर्षलाई लिएर बेकरले ‘आश्चर्यजनक, हतोत्साही र निराशाजनक’ भएको प्रतिक्रिया दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार