Online Nepal
  • शुक्रबार, २३ साउन २०८२
  • कटरिना र विक्कीले दुई प्रकारले विवाह गर्ने : पाहुनाको नाम फेरेर गोप्य कोड, यस्तो छ तयारी

    कटरिना र विक्कीले दुई प्रकारले विवाह गर्ने : पाहुनाको नाम फेरेर गोप्य कोड, यस्तो छ तयारी

    अनलाइन नेपाल
  • मंगलबार, २१ मंसिर २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशल विवाह गर्दैछन्। विवाहका लागि कटरिनाको जयपुर पुगिसकेको छ

    उनकी आमा, उनका दिदी बहिनी र दाइ, सबैलाई सोमबार विमानस्थलमा देखिएको थियो। उनीहरुको विवाहबारे यति धेरै चर्चा भइसक्दा पनि औपचारिक रुपमा भने कुनै प्रतिक्रिया आएको छैन।



    भारतीय सञ्चारमाध्यमका अनुसार कट्रिना र विक्कीले दुई प्रकारको विवाह गर्नेछन्। सुरुमा हिन्दु परम्परा अनि त्यसपछि क्रिश्चियन परम्पराबाट उनीहरुको विवाह हुनेछ। हिन्दु विवाहमा त आमा–बुवाले छोरीको कन्यादान गर्छन् तर क्रिश्चिन विवाहमा ‘बेस्ट म्यान’ ले महत्वपूर्ण भूमिका निभाउँछन्।

    कट्रिनाको विवाहमा उनका दाइ सेबास्टिन लौरने मिसेल बेस्ट म्यान बन्न लागेका छन्। उनी बहिनीको विवाहमा क्रिश्चियन परम्परा अनुसार टोस्ट रेज गर्नेछन् र विशेष भाषण दिनेछन्। उनी फर्निचर डिजाइनिङमा माहिर छन् ।

    उनको क्रिएटिभिटीमा उनको आफ्नै एउटा ब्लग पनि छ। ७ डिसेम्बरमा संगीत र ८ डिसेम्बरमा कट्रिनाको मेहेन्दीको आयोजना गरिने तालिका रहेको छ। ९ डिसेम्बरमा विवाह र त्यसपछि १० डिसेम्बरमा उनीहरुले आफ्नो रिसेप्सन दिनेछन्। हालसम्मको रिपोर्ट अनुसार उनको विवाहमा करण जोहर, आलिया भट्ट, रोहित शेट्टी, वरुण धवन, नताशा दलाल, शशांक खैतानसमेत बलिउडका ठूला कलाकारको उपस्थिति रहनेछ।

    विवाहमा पाहुनाको नाम फेरेर उनीहरुलाई गोप्य कोड दिइएको छ। यो गोप्य कोडको जानकारी वेडिङ प्लानर्स र पाहुनाबाहेक अरु कसैलाई पनि थाहा हुने छैन। विवाहको मण्डप पनि निकै विशेष हुनेछ।

    खबरका अनुसार कट्रिना र विक्कीको मण्डप पनि सिसाले तयार गरिएको छ। यस्तै गोपनियताका लागि विवाहमा मोबाइल प्रतिबन्ध गरिएइको छ। यहाँसम्म कि कुनै ड्रोन उडेको देखे त्यसलाई सुट गर्ने आदेश दिइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार