Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कांग्रेस महाधिवेशनको सुरक्षा हेर्ने जिम्मा एआईजी हरि पाललाई

    कांग्रेस महाधिवेशनको सुरक्षा हेर्ने जिम्मा एआईजी हरि पाललाई

    अनलाइन नेपाल
  • मंगलबार, २१ मंसिर २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सुरक्षा हेर्ने जिम्मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पाललाई दिइएको छ।

    प्रहरी प्रधान कार्यालयका अनुसार महाधिवेशन सुरक्षाको सम्पूर्ण कमान्ड रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयबाट हुने र त्यसका लागि एआईजी पालको नेतृत्वमा सुरक्षा टोली खटाइने भएको हो।



    प्रहरीका अनुसार एआइजी पालको नेतृत्वमा नेपाल प्रहरीसहित सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहित आठ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन हुनेछन् ।



    महाधिवेशनको सुरक्षाका लागि भित्री तहमा नेपाल प्रहरीका सुरक्षाकर्मी रहनेछन् । मतदान र सभास्थललाई भित्री तह मानिएको छ । दोस्रो तहमा राष्ट्रिय अनुसन्धान विभाग र नेपाल प्रहरीकै सादा पोसाकका सुरक्षाकर्मी रहनेछन् ।

    मतदान हुने भवन, मतदाता राखिएका होटेल, गेस्टहाउस र त्यसआसपासका क्षेत्रलाई दोस्रो तह मानिएको छ । सशस्त्र प्रहरी भने बाहिरी घेरामा हुनेछन् । विशेषगरी मतदान तथा सभाहलआसपासका सडक, पेटी, अग्ला भवन, ओभरहेड ब्रिजलगायत क्षेत्रलाई बाहिरी घेरा मानिएको छ ।

    यस्तै, महाधिवेशनको सुरक्षाका लागि प्रहरीले सिसिक्यामेरा अत्यधिक प्रयोग गर्ने जनाएको छ। महाधिवेशन आउँदो शुक्रबारदेखि काठमाडौँमा हुँदैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार