Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • चाक्सीबारीमा साझा उम्मेदवार तय गर्न पौडेल पक्षको फाइनल बैठक

    चाक्सीबारीमा साझा उम्मेदवार तय गर्न पौडेल पक्षको फाइनल बैठक

    अनलाइन नेपाल
  • बुधबार, २२ मंसिर २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा सुरु भएको छ ।

    बुधबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको इतर समूहको छलफल विना निष्कर्ष टुंगिएको थियो । उक्त छलफलमा उपस्थित जिल्ला सभापति र केन्द्रीय सदस्यहरूले एउटै उम्मेदवार तय गर्न र नेताहरूलाई मिलेर जान सुझाव दिएका थिए ।



    स्रोतका अनुसार अहिलेको बैठकमा फाइनल छलफल हुनेछ । जारी बैठकमा सिंहसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, डा.शेखर कोइराला, डा.रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, बलबहादुर केसीलगायतका नेताहरू सहभागी छन् ।



    बैठकले आजै सभापतिको साझा उम्मेदवार तय गर्ने नेताहरूले जानकारी दिएका छन् । इतर समूहबाट सभापतिमा पौडेल, सिंह र कोइरालाद्वय आकांक्षी छन् ।

    पछिल्लो समय इतर समूहका अन्या नेताहरुले प्रमुख शीर्ष चार नेताहरुलाई सभापतिको साझा उम्मेदवार तय गर्न दबाब दिँदै आएका छन्। महाधिवेशन शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार