Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • पार्टी एकताका लागि सभापतिमा देउवाको निरन्तरता आवश्यक: मन्त्री खाँण

    पार्टी एकताका लागि सभापतिमा देउवाको निरन्तरता आवश्यक: मन्त्री खाँण

    अनलाइन नेपाल
  • बिहिबार, २३ मंसिर २०७८
  • 933
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले पार्टी एकताका लागि सभापतिमा शेरबहादुर देउवाको निरन्तर आवश्यक रहेको बताएका छन्।

    बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँडले यो महाधिवेशनले देउवालाई नै निरन्तरता दिनेमा आफू विश्वस्त रहेको समेत बताए।



    मन्त्री खाँडले भने, ‘राजनीतिक स्थिरता, पार्टी एकता र कार्यकर्ताको बृहत्तर हितका निम्ति पनि पार्टी सभापतिमा शेरबहादुर देउवाको निरन्तरता आवश्यक रहेको छ।’



    यस्तै, उनले आगामी स्थानीय तहको निर्वाचन र आम निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न कांग्रेसमा एकता र वर्तमान गठबन्धनको स्थिरता आवश्यक रहेको बताए।

    महाधिवेशन भोलि शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार