Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कास्कीमा नालीमा ट्रक पल्टियो : २ जनाको मृत्यु

    कास्कीमा नालीमा ट्रक पल्टियो : २ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २४ मंसिर २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२६ विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख २९४८ नम्बरको ट्रक आफैं अनियन्त्रित भई आज बिहान साढे ४ बजे नालीमा पल्टिंदा दुई जना पुरुषको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ।



    मृत्यु हुनेमा लमजुङको पार्चे बस्ने ४२ वर्षे भिम बहादुर तामाङ र नाम–ठेगाना नखुलेका अन्दाजी ४५ वर्षका अर्का एक पुरुषको रहेका छन्। दुवै जनाको अस्पतालमा उपचारको क्रममा आज बिहान ५ बजेर ५५ मिनेटमा मृत्यु भएको हो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार