Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कांग्रेस लोकतान्त्रिक आन्दोलनको बाहक हो: सहमहामन्त्री डा महत

    कांग्रेस लोकतान्त्रिक आन्दोलनको बाहक हो: सहमहामन्त्री डा महत

    अनलाइन नेपाल
  • शुक्रबार, २४ मंसिर २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कांग्रेस लोकतान्त्रिक आन्दोलनको बाहक भएको बताएका छन्।

    पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै डा महतले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गर्नका लागि कांग्रेसले अग्रसरता लिनुपर्ने बताएका हुन् ।



    ‘लोकतान्त्रिक मूल्य मान्यतालाई कांग्रेसले जीवनपद्धतीका रुपमा अगाडि बढाउनुपर्छ’, महतले भने ।



    सहमहामन्त्री डा महतले जनताको हक अधिकारका लागि लडेको पार्टीको १४औँ महाधिवेशनले नयाँ ऊर्जा कांग्रेसलाई दिने विश्वास व्यक्त गरे । महतले पार्टीभित्र भएको कमी कमजोरीलाई सच्चाएर अगाडि बढाउनुपर्ने बताए ।

    यस्तै, अर्को सहमहामन्त्री सुनिलबहादुर थापाले समृद्ध नेपाल कांग्रेसको नेतृत्वमा मात्र सम्भव भएकाले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर कांग्रेस प्रवेश गरेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार