Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मड्रिड डर्बीमा रियलको जित, यी खेलाडी बने नायक

    मड्रिड डर्बीमा रियलको जित, यी खेलाडी बने नायक

    अनलाइन नेपाल
  • सोमबार, २७ मंसिर २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । स्पेनिस ला लिगाअन्तर्गतको खेलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई हराएको छ। आइतबार राति भएको खेलमा रियल २–० गोलले विजयी भएको हो।

    रियलको जितमा करिम बेन्जेमा र मार्को एसेन्सिओले समान एकएक गोल गरे। खेलको पहिलो हाफको १६ औं मिनेटमा गोल गर्दै बेन्जेमाले रियललाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ५७ औं मिनेटमा एसेन्सिओले अर्को एक गोल थपे। रियलको जितमा यी २ गोल पर्याप्त भयो।



    यससँगै रियलले लगातार १० औं जित हात पारेको छ। ला लिगाको शीर्षस्थानमा रहेको रियलले दोस्रो स्थानको सेभियासँग ८ अंकको अग्रता बनाएको छ।
    रियलले ला लिगामा १७ खेलबाट ४२ अंक हात पारेको छ। दोस्रो स्थानमा रहेको सेभिल्लाको १६ खेलबाट ३४ अंक छ।



    ला लिगाअन्तर्गत भएको अर्को खेलमा बार्सिलोना र ओसासुनाले २–२ गोलको बराबरी खेलेका छन्। बार्सिलोना १६ खेलबाट २४ अंक जोड्दै लिगको आठौं स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार