Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • मेसीभन्दा बढी एमबाप्पे चम्किँदै, मोनाकोविरुद्ध पिएसजीको जित

    मेसीभन्दा बढी एमबाप्पे चम्किँदै, मोनाकोविरुद्ध पिएसजीको जित

    अनलाइन नेपाल
  • सोमबार, २७ मंसिर २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । फ्रेन्च लिग वानको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मोनाकोलाई हराएको छ। आइतबार राति भएको पिएसजी २–० गोलले विजयी भएको हो।

    पिएसजीको जितमा दुबै गोल केलियन एमबाप्पेले गरे। खेलको १२ औं मिनेटमा पीएसजीले पाएको पेनाल्टीमा एमबाप्पेले पहिलो गोल गर्दै टोलीलाई १–० गोल अन्तरको अग्रता दिलाएका थिए। त्यस्तै खेलको ४५ औं मिनेटमा लियोनेल मेसीको पासलाई सदुपयोग गर्दै एमबाप्पेले दोस्रो गोल गरे।



    यससँगै लिग वानमा पीएसजीले १८ खेलबाट ४५ अंक हात पारेको छ। दोस्रो स्थानमा रहेको मार्सिल्लेले १७ खेलबाट ३२ अंक जोडेको छ। पिएसजीले अंक तालिकामा फराकिलो अग्रता बनाउँदै लगेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार