Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • साफ यु–१९ फुटबल : नेपाल र श्रीलंका भिड्दै

    साफ यु–१९ फुटबल : नेपाल र श्रीलंका भिड्दै

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

    नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । खेल बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ । श्रीलंकाविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।



    पहिलो खेलमा नेपालले उपाधि दाबेदार बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । नेपाल १ खेलमा १ अंक जोडेर अंक तालिकाको चौंथो स्थानमा रहेको छ । २ खेलमा अंक जोड्न नसकेको श्रीलंका अंकविहीन अवस्थामा रहेको छ ।



    च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध र अन्तिम खेल भारतविरुद्ध खेल्नेछ ।

    राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार