Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • माघ १९ को ज्ञानेन्द्रको उपद्रोमा प्रचण्डको साथ, के भएको थियो ज्ञानेन्द्र–प्रचण्डले भन्नैपर्छ : ओली

    माघ १९ को ज्ञानेन्द्रको उपद्रोमा प्रचण्डको साथ, के भएको थियो ज्ञानेन्द्र–प्रचण्डले भन्नैपर्छ : ओली

    हामी रुकुम, रोल्पा जान नसक्ने, ज्ञानेन्द्र खुलुमखुल्ला जान सक्ने कसरी भयो

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति भएर माघ १९ को घटना भएको दाबी गरेका छन् ।

    बुधबार एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सपथ गराउने कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।



    ओलीले भने–‘माघ १९ मा पार्टीहरूको कुनै मतलबै छैन । आफैँले घोषणा गरेर आफ्नै हातमा शासन लिएर ज्ञानेन्द्रले उधुम मच्चाए । ज्ञानेन्द्रले उधुम मच्चाउँदा प्रचण्ड र ज्ञानेन्द्रका बीचमा सहमति भएर सहमतिका साथ त्यो उपद्रो भएको थियो । के सहमति भएको थियो, कसका विरुद्ध सहमति भएको थियो ? त्यो प्रचण्ड र ज्ञानेन्द्रले भन्नुपर्‍यो नि ।’



    १९ माघमा ज्ञानेन्द्रले सत्ता हातमा लिँदै दलहरूमाथि प्रतिबन्ध लगाएर प्रत्यक्ष शासन सुरू गरेका थिए । ओलीले त्यही सहमतिपछि ज्ञानेन्द्रले माओवादीको बिनाकुनै अवरोध अभिनन्दन कार्यक्रम गर्न पाएको बताएका छन् ।

    ओलीको प्रश्न छ–‘त्यही सहमतिपछि अभिनन्दन कार्यक्रम चलाइयो । हामी रुकुम, रोल्पा जान नसक्ने, ज्ञानेन्द्र खुलुमखुल्ला जान सक्ने कसरी भयो ?’

    ओलीले सेयर कारोबारीले चन्दा नदिएकाले प्रचण्डले सेयरबजारबारे टिप्पणी गरेको आरोप समेत लगाएका छन्। उनले भने–‘प्रचण्डले सेयरबजारका बारेमा बडो क्रान्तिकारी भएर बोलेछन्, साम्राज्यवाद विकसित भएपछि शेयरबजारमा जान्छ भनेछन् । लेनिनभन्दा दुई कदमअघि बढेर नयाँ सिद्दान्त ल्याए छन् । कुन सेयर कारोबारीले चन्दा दिएन छन्, अनि त्यसविरुद्ध बोले । न रहे बाँस, नबजे बाँसुरी ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार