Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एसएसपीको दर्ज्यानी चिन्ह प्रदान गर्दै आईजीपी खनालले भने– राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा कृयाशिल रहनुस्

    एसएसपीको दर्ज्यानी चिन्ह प्रदान गर्दै आईजीपी खनालले भने– राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा कृयाशिल रहनुस्

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षक(एसपी) बाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएपी) पदमा बढुवा भएका ११ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा आज आयोजित बिशेष समारोहमा आईजीपी खनालले सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) बाट सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पदमा बिशेष बढुवा भएका १ जना अधिकृतलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।



    गृहमन्त्रिस्तरको यही मंसीर १३ गतेको निर्णयले ११ जना एसपी एसएसपीमा बढुवा भएका हुन् भने गृहसचिवस्तरको मंसीर १९ गतेको निर्णयले १ जना डिएसपीको एसपीमा बढुवा भएका हुन् ।



    समारोहमा आईजीपी खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै उनीहरुलले राज्य र संगठनलाई पुर्याएको योगदानको साथै कार्यदक्षताको मुल्यांकन गर्दै पदोन्नती गरिएको बताए ।

    उनले बढुवा भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पदोन्नतीसँगै प्राप्त भएको उत्तरदायित्व तथा जिम्मेवारी पुरा गर्न पूर्णव्यावसायिक भई अनुशासित रुपमा कृयाशिल रहन निर्देशन समेत दिए ।

    राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु व्यक्तिगत स्वार्थलाई थाती राख्दै सामूहिक भावनाकासाथ राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा कृयाशिल रहनुपर्ने उल्लेख गर्दै उनले राष्ट्रको सुरक्षा, जनताको सेवामा कटिबद्ध रहँदै फौजी संस्कारमा रहेर आफु मातहतकालाई समेत मार्गदर्शन गर्दै आम नागरिकको मन जित्ने गरी कार्यक्षेत्रमा कृयाशिल रहन निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार