Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बद्नामलाई च्याप्दै श्रममन्त्री किसान श्रेष्ठ, करोडौंको चलखेल

    बद्नामलाई च्याप्दै श्रममन्त्री किसान श्रेष्ठ, करोडौंको चलखेल

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 3.4K
    SHARES

    काठमाडौं । विवादित ब्यवसायी कैलाश खड्का यतिबेला फेरि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ र सचिवमा आएका एकनारायण अर्याललाई रिझाएर पुनः बैदेशिक रोजगार बोर्डको सदस्य नियुक्तिका दौडधुप गरिरहेका छन् ।

    सचिव अर्यालसँग घनिष्ठ सम्बन्ध बनाएका उनले मन्त्रीलाई पनि रिझाइसकेको स्रोतको दावी छ । अर्याल काठमाडौंको प्रमुख जिल्ला अधिकारी भएकै बेलादेखिको उनको सम्बन्ध नजिकिएको थियो ।



    सचिव अर्यालले नै उनलाई ठगी आरोपमा मुद्दा कमजोर बनाउने वातावरण बनाइदिएका थिए । मलेसिया जाने नेपाली कामदारसँग स्वास्थ्य परीक्षणका नाममा प्रतिब्यक्ति १८ हजार असुली गर्ने ३६ वटा संस्थाको ३ बर्ष सिन्डिकेट चलाएका खड्कासँग अथाह पैसा भएकाले बोर्ड सदस्य हुनका लागि उनी जति पनि खर्च गर्न तयार छन् ।



    स्रोतका अनुसार मन्त्री श्रेष्ठ पनि कुनै बेलाका म्यानपावर ब्यवसायी नै भएको र खड्कासँग बाक्लै हिमचिम भएकाले उनलाई बोर्ड सदस्य बनाउने तयारीमा छन् ।

    मलेसिया जाने कामदारका लागि बायोमेडिकल स्वास्थ्य परीक्षणका नाममा ३६ वटा मात्र ब्यवसायीको सिन्डिकेट कायम गरेको आरोपमा २०७५ मा प्रहरीले पक्राउ गर्न खोज्दा फरार भएका कैलाश खड्का यसअघि रामेश्वर राय यादव श्रम मन्त्री हुँदा २०७७ असार १८ मा बोर्डको सदस्य नियुक्त भएका थिए ।

    तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै प्रभावमा पारी उनी बोर्ड सदस्य भएको भन्दै ब्यापक आलोचना भएपछि उनी राजीनामा दिन बाध्य भएका थिए ।

    टेकबहादुर गुरुङ श्रम राज्यमन्त्री हुँदा बायोमेडिकल स्वास्थ्य परीक्षणका लागि ३६ वटा स्वास्थ्य ब्यवसायीबाट मलेसियाको सरकारका मन्त्रीलाई घुस दिनुपर्छ भनी बीसौं करोड रुपैयाँ उठाएका खड्का अहिले पुनः बोर्डको सदस्य हुन मन्त्री श्रेष्ठकोमा दिनरात धाइरहेका छन् ।

    बायोमेडिकल स्वास्थ्य परीक्षणमा छनोट हुनका लागि स्वास्थ्य ब्यवसायीसँग सुरुमै एकमुष्ट एक संस्थाबराबर ५० लाखका दरले उठाएको आरोप उनीमाथि छ । बायोमेडिक स्वास्थ्य परीक्षण सुरु भइसकेपछि पनि उनले ३६ संस्थाबाट मासिक दररेट तोकेर शक्तिकेन्द्रलाई बुझाउने नाममा असुलेको आरोप छ ।

    उनले आरजु देउवा, प्रचण्ड र केपी शर्मा ओलीको नाममा रकम उठाउने तर त्यो कतै पनि नबुझाई आफैंले लिएको एक ब्यवसायीले बताए । ती ब्यवसायीले भने–‘खड्काले बुढानीलकन्ठ, खुमलटार र बालकोट मिलाउनुपर्छ भन्दै रेट तोकेका थिए ।’

    उनीमाथि ६ स्वास्थ्य ब्यवसायीबाट मासिक २ करोड रुपैयाँको हाराहारी रकम शक्तिकेन्द्रमा बुझाउने भन्दै उठाएको आरोप लाग्दै आएको छ ।

    उनले हालै लाजिम्पाटस्थित शिशु अर्यालको ४२ आनामा निर्मित बंगला २७ करोडमा खरिद गरेका छन् । जुन बंगलामा पहिला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बस्थे ।

    बायोमेडिक स्वास्थ्य परीक्षणबापत नेपाली कामदारबाट एक जना बराबर १८ हजार रुपैयाँ लिने गरिएको थियो । जुन कार्यलाई ठगीको संज्ञा दिंदै तत्कालीन श्रममन्त्री गोकर्ण बिष्टले खड्कासहितका बिरुद्ध मुद्दा दायर गरेका थिए । केही ब्यवसायी पक्राउ परे पनि खड्का भने फरार भएका थिए । पछि अदालत सेटिङ गरी उनी छुटेका थिए ।

    यस्ता विवादित ब्यवसायीलाई मन्त्री श्रेष्ठ र सचिव अर्याल वैदेशिक रोजगार बोर्डको सदस्य बनाउन लागेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार