Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • योग्यता र अनुभव नै नपुगेका शर्मा राष्ट्रिय परीक्षा बोर्ड अध्यक्षको ‘सर्ट लिष्ट’मा

    योग्यता र अनुभव नै नपुगेका शर्मा राष्ट्रिय परीक्षा बोर्ड अध्यक्षको ‘सर्ट लिष्ट’मा

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 2.9K
    SHARES

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि भएको सिफारिसको सर्ट लिष्ट (संक्षिप्त सूची)मा योग्यता र अनुभव नै नपुगेका व्यक्ति पनि परेका छन् । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको संयोजकत्वमा गठित समितिले कार्तिक २५ गते अध्यक्षका लागि दर्खास्त आब्हान गरेको थियो । समितिमा शिक्षा मन्त्रालयका प्रा. डा लेखनाथ शर्मा र डा. गीता गुरुङ सदस्य छन् ।

    मंसीर ९ गतेसम्म दर्खास्त बुझाउने मिति तोकिएकोमा उक्त समयसम्म १५ जनाले आवेदन दिएका थिए । ती १५ जनामध्ये अध्यक्ष रेग्मी संयोजकत्वको समितिले पाँच जनालाई सर्ट लिष्टमा राखेको थियो ।



    समितिले सूचना प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षको नियुक्तिको लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनौट सम्बन्धी कार्यविधि, २०७८ बमोजिम सिफारिस समितिले उम्मेदवारहरुको कार्यविधिको दफा ११ को खण्ड (क) र (ख) का आधारमा मूल्यांकन गरी कार्यविधिको दफा ९ बमोजिम उनीहरुलाई सर्ट लिष्टमा समावेश गराएको जनाएको छ ।



    समितिको सर्ट लिष्टमा प्रा.डा. घनश्यम भट्टराई, दुर्गाप्रसाद पाण्डे, प्रा.डा. महानन्द चालिसे, डा. महाश्रम शर्मा र प्रा.डा. शोभाखर कँडेल रहेका छन् । तिमध्ये सर्ट लिष्टमा परेका डा.शर्माको भने योग्यता र अनुभव नै नपुग्ने बोर्डका कर्मचारीहरु नै बताउँछन् ।

    विज्ञापनको योग्यता र अनुभवको क नम्बरमा शिक्षा ऐन, २०२८ को दफा ४(क) को उपदफा २ को खण्ड (क) मा उल्लेखित योग्यता र अनुभव पुगेको हुनुपर्ने उल्लेख छ ।

    विज्ञापनमा स्पष्टिकरण भन्दै ‘क’ लाई यसरी प्रष्ट पारिएको छ । स्पष्टिकरणमा भनिएकाे छ,‘ऐनको दफा ४(क) को उपदफा २ को खण्ड (क) को प्रयोजनका लागि शिक्षा तथा परीक्षा सम्बन्धी क्षेत्रमा कम्तिमा १२ वर्षको अनुभव भन्नाले शिक्षा र प्राध्यापन क्षेत्रमा १२ वर्षको अनुभव हासिल गरी सोही समयमा परीक्षा व्यवस्थापन र सञ्चालन कार्यमा कम्तिमा ३ वर्षको अनुवभ जनाउँदछ ।’

    तर, नेपाल सरकारका सचिव डा.शर्माको भने उक्त योग्यता र अनुभव पुग्दैन । अनुभव र योग्यता नै नपुगेका व्यक्ति सर्ट लिष्टमा परेपछि त्यस्ता व्यक्ति अध्यक्ष भएको खण्डमा बोर्डको हितमा काम गर्न नसक्ने राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीहरु बताउँछन् ।

    सर्ट लिष्टमा परेकाहरुको आज लोक सेवा आयोगको केन्द्रीय कार्यालयमा प्रिजेन्टेसन हुँदै छ भने भोली अन्तर्वाताका लागि बोलाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार