Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • अभिनेत्री आलियाविरुद्ध एफआइआरको तयारी, १४ दिने होमक्वारेन्टाइन नियम उलंघनको आरोप

    अभिनेत्री आलियाविरुद्ध एफआइआरको तयारी, १४ दिने होमक्वारेन्टाइन नियम उलंघनको आरोप

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्टविरुद्ध एफआईआर दर्ता हुने भएको छ ।

    भारतीय संचारमाध्यमका अनुसार गत डिसेम्बर ८ मा निर्माता करण जोहारको पार्टीमा सहभागी भएकी आलियाले १४ दिन होमक्वारेन्टाइन बस्नुपर्ने नियमको उलंघन गरेकी थिइन्।



    उक्त पार्टीमा सहभागी करीना कपूर र अमृता अरोडालाई कोरोना पोजेटिभ देखिएको थियो । तर आलियाको रिपोर्ट भने नेगेटिभ आएको थियो । नियमानुसार आलिया उक्त पार्टीमा रहेकाले १४ दिन होमक्वारेन्टाइनमा बस्नुपर्ने थियो । तर उनी आफ्नो फिल्म ‘ब्रह्मास्त्र’ को प्रमोसनका नयाँदिल्ली पुगेकी थिइन् ।



    यसपछि बीएमसीले उनलाई दिल्लीमा नै क्वारेन्टाइन बस्न भने पनि उनी मुम्बई फर्किएकी थिइन् जसका कारण बीएमसीको एक कमिटीले आलियामाथि एफआईआर दर्ता गर्न आदेश दिएको समाचारमा उल्लेख छ।

    आलिया बुधबार रणवीर कपूर, निर्देशक अयान मुखर्जी र अन्य फिल्म टिमका साथी आफ्नो फिल्म ‘ब्रह्मास्त्र’को नयाँदिल्लीमा प्रमोसन गरेकी थिइन् । यसबाहेक उनी नयाँदिल्लीको बंगला साहेब गुरुद्वारा दर्शन गर्न पनि पुगेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार