Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • जापानको ओसाका भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु

    जापानको ओसाका भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । जापानको ओसाका प्रान्तको एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आशङ्का गरेका छन्।

    जेआर ओसाका स्टेशन नजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समय अनुसार शुक्रबार बिहान १०:४५ बजे निभाइएको सिन्ह्वा समाचार एजेन्सीले स्थानीय दमकल विभागलाई उद्धृत गर्दै जनाएको छ।



    करिब २० वर्ग मिटर क्षेत्रफलमा आगलागी भएको थियो ।



    एनएचके प्रसारकले आगलागीको कारण अज्ञात रहेको बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार