Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कांग्रेस महाधिवेशन: मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव निर्वाचित भएका छन् ।

कांग्रेस निर्वाचन समितिका अनुसार शुक्रबार सम्पन्न मतगणनामा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार महेन्द्रले २ हजार २६ मत प्राप्त गरेर बिजयी भएका हुन् ।

समितिका अनुसार महेन्द्रका निकटतम प्रतिद्वन्दी रामकृष्ण यादवले १ हजार ८२० मत पाए भने अर्का प्रत्यासी रञ्जित कर्णले ४ सय ७२ मत प्राप्त गरे । रामकृष्ण कोइराला समूहका उम्मेदवार हुन् भने कर्ण नेता प्रकाशमान सिंहनिकट उम्मेदवार हुन् ।

महेन्द्रको नतिजासंगै कांग्रेसको आठ सहमहामन्त्रीमध्ये छ वटामा देउवा पक्षको वर्चश्व  रहेको छ  भने बाँकी दुईमा कोइराला पक्षले जित हात पारेको छ।

जसअन्तर्गत देउवा पक्षबाट महालक्ष्मी उपाध्याय (डिना), भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, फरमुल्ला मन्सुर, किशोर राठौर, उमाकान्त चौधरी निर्वाचित भए ।

त्यसैगरी कोइराला पक्षबाट बद्री पाण्डे र जीवन परियार सहमहामन्त्रीमा निर्वाचित भए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077