Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सबैभन्दा बढी व्यवसाय कर तिर्ने सौरभ ज्योती सम्मानित

    सबैभन्दा बढी व्यवसाय कर तिर्ने सौरभ ज्योती सम्मानित

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 4.7K
    SHARES

    काठमाडौं । सर्वाधिक कर तिरे बापत काठमाडौं महानगरपालिकाले ज्योति ग्रुपका प्रवन्ध निर्देशक सौरभ ज्योतीलाई सम्मान गरेको छ ।

    व्यक्तिगततर्फ सबैभन्दा बढी कर बुझाए वापत महानगरपालिकाको कार्यालयलले मंसीर २९ गते बुधबार ज्योतीलाई सम्मान गरेको हो ।



    महानगरपालिकाले चालु आर्थिक वर्षलाई महानगर कर अभियान वर्षको रुपमा मनाइरहेको भन्दै व्यक्तिगततर्फ सबैभन्दा बढी कर बुझाएका ज्योतीलाई सम्मान पत्र समेत प्रदान गरेको छ ।



    महानगरपालिकाले ज्योतीलाई दिएको सम्मान पत्रमा भनिएको छ–‘काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम २०७८/०७९ ले निर्देशित गरे अनुरुप महानगरले प्रवाह गर्ने सेवासँग महानगरपालिकाले संकलन गर्न पाउने करलाई आवद्ध गर्दै करको दायरालाई फराकिलो गर्ने नीति अनुरुप चालु आर्थिक वर्षलाई महानगर कर अभियान वर्षको रुपमा मनाइरहेको सन्दर्भमा तपाई श्री सौरभ ज्योती(व्यक्तिगत) ले सबैभन्दा बढी व्यवसाय कर बुझाउनु भएकोले यो सम्मान पत्र दिइएको छ ।’

    यसअघि मंसिर १ अर्थात कर दिवसको दिन ज्योतीकै कम्पनी स्याकार इन्भेस्टमेन्ट सर्वाधिक कर तिर्ने कम्पनीमा पुरस्कृत भएको थियो । सर्वाधिक कर तिरे बापत आन्तरिक राजश्व कार्यालयले स्याकार इन्भेस्टमेन्ट कम्पनीलाई सम्मानित भएको हो ।

    कम्पनीले आन्तरिक राजस्व कार्यालय ठमेल, काठमाडौंमा सर्वाधिक आयकर दाखिला गरे वापत आन्तरिक राजश्व कार्यालयलले कर दिवसको अवसरमा स्याकार इन्भेस्टमेन्टलाई सम्मानित गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार