Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • इराकमा बाढीले बगाउँदा दोलखाका शेर्पा र मोरङका राईको मृत्यु

    इराकमा बाढीले बगाउँदा दोलखाका शेर्पा र मोरङका राईको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ३ पुष २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । इराकको स्वशासित राज्य कुर्दिस्तानमा शुक्रबार बढीले बगाउँदा दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राईको ज्यान गएको छ ।

    कुर्दिस्तान नेपाली समाजका अनुसार कुर्दिस्तानको अर्विलमा बाढीले उनीहरु सवार सवारी साधनलाई बगाउँदा शेर्पा र राईको ज्यान गएको हो ।



    इराकमा आएको अविरल वर्षापछि बाढी आउँदा अर्विललगायतका क्षेत्रहरुमा ठूलो क्षति पुगेको छ ।



    शेर्पा एक हप्ता र राई एक महिना अगाडि मात्रै इराक पुगेका थिए । उनीहरु कार्यरत कम्पनीमा सहकर्मीहरुले नेपालमा शव पठाउनुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै शुक्रबार काम रोकेका थिए ।

    कम्पनीले शवको व्यवस्थापन र उचित क्षतिपूर्ति दिने आश्वासन भने दिएको बताइएको छ । कुर्दिस्तान नेपाली समाजका महासचिव विनोद श्रेष्ठले सात वर्षको बसाइमा आफूले इराकमा वर्षाले यति धेरै क्षति पुर्‍याएको नदेखेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार