Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • साफ महिला फुटबल: नेपाल भारतसँग पराजित, फाइनलका लागि बंगलादेशको खेल कुर्नुपर्ने

    साफ महिला फुटबल: नेपाल भारतसँग पराजित, फाइनलका लागि बंगलादेशको खेल कुर्नुपर्ने

    अनलाइन नेपाल
  • आइतबार, ४ पुष २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बंगलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ।

    ढाकास्थित सहिद सिपाही मुस्तफा कमल स्टेडियममा आइतबार सम्पन्न खेलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो। नेपालसंगको जितसँगै भारत फाइनमा प्रवेश गरेको छ।



    नेपालले अब फाइनल पुग्न बंगलादेश र श्रीलंकाबीचको खेलको नतिजा प्रतीक्षा कुर्नुपर्छ । आजै हुने यो खेलमा बंगलादेशसँग पराजित भए नेपाल फाइनल पुग्न सक्नेछ । तर, त्यो अवस्थामा गोलअन्तर हेर्नुपर्ने हुन्छ । बंगलादेश साविक विजेता र नेपाल साविक उपविजेता हो ।



    ५ टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा नेपालले अघिल्ला ३ खेलमा २ जित र १ बराबरी खेलेको थियो । नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ ।  भने भारतको ३ जित र १ हारसहित ९ अंक छ । भारत शीर्ष स्थानमा उक्लिएको छ।

    नेपालसँग समान अंक भएपनि गोलअन्तरमा पछि रहेको आयोजक बंगलादेश तेस्रो स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार