Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • माधव नेपालले भने- संसदमा मेरो उपस्थितिले केपी ओलीको सात्तो गएको छ

    माधव नेपालले भने- संसदमा मेरो उपस्थितिले केपी ओलीको सात्तो गएको छ

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1K
    SHARES

    पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो गएको टिप्पणी गरेका छन् ।

    मंगलबार गण्डकी प्रदेशस्तरीय बृहत् प्रशिक्षण भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले संसदमा आफ्नो उपस्थितिले ओलीको सातो गएको दाबी गरेका हुन् ।



    आफूले प्रशिक्षण भेलालाई पनि समय दिनुपर्ने, संसद बैठकमा पनि जानुपर्ने भन्दै अध्यक्ष नेपालले भने, ‘म नभाको मौका पारेर केपी ओली छिर्न बेर छैन त्यहाँ । कमसेकम मेरो उपस्थितिले केपी ओलीको संसदमा सातो गइराछ नि, सातो जाओस्, जानुपर्छ ।’



    एमाले विभाजनपछि नेपाल र ओली मंसिर अन्तिम साता काठमाडौंमा भएको नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन सत्रमा एउटै मञ्चमा देखिएका गिए ।

    भेलालाई अध्यक्ष नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव वेदुराम भुसाललगायतले प्रशिक्षण दिनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार