Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सिक्री लुटेर भाग्दै गरेका ३ जना पेस्तोलसहित पक्राउ

    सिक्री लुटेर भाग्दै गरेका ३ जना पेस्तोलसहित पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    नवलपरासी (पूर्व) । गैंडाकोट नगरपालिका-१६ अमरापुरीस्थित पसलमा बसिरहेकी ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भाग्दै गरेका ३ जनालाई १ थान पेस्तोल र ४ राउण्ड गोलीसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा नवलपरासी (पश्चिम) रुपौलिया गाउँपालिका-१ बस्ने २२ वर्षीय राम बहादुर क्षेत्री, गैँडाकोट नगरपालिका-१४ बस्ने ३४ वर्षीय आशिष सुनार र नवलपरासी(पश्चिम) सुस्ता गाउँपालिका-९ बस्ने २० वर्षीय संजय गुरुङ रहेका छन् ।



    प्रहरीका अनुसार ती महिला पसलमा बसिरहेको अवस्थामा लु.४० प ८४३६ नम्बरको मोटरसाइकलमा आएका ३ जनाले हतियार देखाई सुनको सिक्री लुटेर भाग्न खोज्दा रामबहादुरलाई स्थानीयले नियन्त्रणमा लिएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेका हुन्।



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार