Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रधान्यायाधीश जबराले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित, कारण के ?

    प्रधान्यायाधीश जबराले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित, कारण के ?

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज अपरान्ह दिउँसो ३ बजेका लागि बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ ।

    न्याय सेवा परिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले बुधबार एक विज्ञप्ति जारी गर्दै लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेको कारण बैठक स्थगित भएको जानकारी गराएका छन् ।



    बैठकमा जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गरिने बताइएको थियो । आयोगले २०७८ साउन १९ गते आन्तरिक, महिला, खुला, आदिवासी जनजाति र मधेसी गरी १८ जिल्ला न्यायाधीशको विज्ञापन गरेको थियो ।



    प्रधानन्यायाधीश जबरा अध्यक्ष रहेको न्याय सेवा आयोगमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य छन् ।

    न्याय सेवाका राजपत्रांकित कर्मचारीको सरुवा–बढुवा लगायतको काम रोकिएको भन्दै प्रधानन्यायाधीश जबराले मंगलबार आज (बुधबार) दिउँसो ३ बजेलाई बैठक बोलाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार