Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आगलागीमा परी दुई बालबालिकाको मृत्यु

    आगलागीमा परी दुई बालबालिकाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 1.8K
    SHARES

    रौतहट । रौतहटमा आगलागीमा परेर दुई बालबालिकाको ज्यान गएको छ ।

    फतुवा विजयपुर नगरपालिका १ बरगनियाका खेदु यादवका ३ वर्षीय छोरी आराध्या यादव र सन्दीप साहका ५ वर्षीया छोरा रोहित साहको आगोमा जलेर मृत्यु भएको हो ।



    मंगलबार दिउँसो स्थानीय मद यादवको घरबामा अचानक लागेको आगलागीमा परेर बालिका आराध्याको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



    यस्तै, बालक रोहितको उपचारको क्रममा आज (बुधबार) बिहान टिचिङ्ग अस्पताल काठमाडौमा मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयरका प्रहरी निरीक्षक बिष्णु विश्वकर्माले जानकारी दिए ।

    मदन यादवको खरको छानो भएको घरमा लागेको आगोबाट नजिकै खेतबाट काटेर दौनीको लागि राखिएको रामविश्वास यादवको धानमा आलागी भएको थियो । सोही क्रममा खेलिरहेका बालक जलेर गम्भीर घाइते भएका थिए ।

    मदन यादवको घरको सम्पूर्ण धनमाल लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार