Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चिनियाँ राजदूत फेरि सक्रिय, ओलीलाई भेटिन्

    चिनियाँ राजदूत फेरि सक्रिय, ओलीलाई भेटिन्

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन्।

    राजदूत होउले बुधबार ओली निवास बालकोट पुगेर अध्यक्ष ओलीसँग डेढ घण्टा लामो भेटवार्ता गरेकी हुन्।



    एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार हालै सम्पन्न पार्टीको दशौं महाधिवेशनबाट अध्यक्षमा ओली निर्वाचित भएपछि चिनियाँ राजदूतसँग पहिलोपटक भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक गतिबिधिबारे छलफल भएको भट्टराईको भनाइ छ।



    भेटका क्रममा राजदूत यान्छीले अध्यक्ष ओलीलाई बधाइ तथा शुभकामना दिएको भट्टराईले बताए ।

    नेपालको राजनीतिप्रति चासो राख्दै आएकी चिनियाँ राजदूत यान्छीले बेला बेला नेपालका राजनीतिक दलका शीर्षस्थ नेताहरुसँग भेटवार्ता गर्ने गरेकी छिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार