Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • दिन र स्वास्थ्य राम्रो बनाउन के-के गर्ने ? यस्ता छन् ‘हेल्थ टिप्स’

    दिन र स्वास्थ्य राम्रो बनाउन के-के गर्ने ? यस्ता छन् ‘हेल्थ टिप्स’

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 2.2K
    SHARES

    काठमाडौँ। सन्तुलित जीवनशैली स्वस्थ्य जीवनको प्रमुख आवश्यकता हो । सामान्यतया स्वस्थ मनको लागि स्वस्थ शरीर नै अनिवार्य हुन्छ।

    -बिहान उठ्नेबित्तिकै शरीर तन्काउने व्यायामहरू गर्नुहोस् । यसले रक्तसञ्चार र पाचनलाई बलियो बनाउँछ र ढाडको समस्याबाट जोगाउँछ ।



    – बिहानीको खाना नछोड्नुस् । तपाईंलाई वजन घटाउनुछ भने उपयुक्त ब्रेकफास्ट महत्वपूर्ण हुन्छ । ब्रेकफास्ट नखाने मान्छेले दिनभरिमा अरू धेरै खानेकुरा खाएर वजन बढाउँछन् । सन्तुलित ब्रेकफास्टमा ताजा फलफूल वा फलफूलको जुस, उच्च फाइबर भएको सिरियल, कम फ्याट भएको दूध वा दही र उम्लेको अण्डा पर्दछन् ।



    – धेरै मान्छेलाई राम्ररी दाँत माझ्न समेत आउँदैन । नमिलाइकन दाँत माझ्दा दाँत नमाझेसरह खराब गर्छ । धेरै मान्छेले दाँत माझ्नलाई थोरै समय दिन्छन्, फ्लस गर्दैनन् र दन्तचिकित्सककहाँ नियमित रूपमा जाँदैनन् । कलम समातेजस्तै गरी टुथब्रस समात्नुस् र कम्तीमा पनि दुई मिनेट ब्रस गर्नुस् । दाँत माझ्दा दाँत र गिजा, जिब्रो र च्यापुलाई समेत माझ्नुस् । नरम टुथब्रसले दाँत माझ्नुस् र प्रत्येक महिना टुथब्रस बदल्नुस् ।

    – दूध वा दही खाएर वा चक्की खाएर भए पनि दिनदिनै क्याल्सियम शरीरलाई दिलाउनुस् । ती वर्षको भएपछि तपाईंको हाडको घनत्व घट्दै जान्छ । हड्डी जोगाउन तपाईंले कम्तीमा पनि २०० मिलिग्राम क्याल्सियम लिनैपर्छ ।

    -लसुन र प्याजमा स्वास्थ्यलाई राम्रो गर्ने सबै तत्व विद्यमान हुन्छन् । बालबालिकालाई हुने धेरै संक्रमणलाई काँचो लसुनको सेवनले रोक्छ । लसुन, प्याज काँचै खाएको राम्रो, अनि प्याजलाई फलफूलको जुससँग लिए हुन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार