Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • नागरिकलाई प्रदान गर्ने सेवामा कुनै पनि सम्झौता नगर्न एसएसपी गिरीको निर्देशन

    नागरिकलाई प्रदान गर्ने सेवामा कुनै पनि सम्झौता नगर्न एसएसपी गिरीको निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 2.4K
    SHARES

    काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख एसएसपी सुदीप गिरीले कार्यालयका कर्मचारीहरुलाई प्रहरी आचरण तथा ब्यवहार नागरिक मैत्री बनाउन निर्देशन दिएका छन्।

    बिहीबार परिसरको कार्यालयमा आयोजित एक कार्यक्रममा एसएसपी गिरीले कार्यालयका अधिकृत तथा जवानहरुलाई प्रहरी आचरण तथा ब्यवहार, शान्ति सुरक्षा, अपराध अनुसन्धान, सेवाग्राहीहरुसँग गरिने ब्यवहारलगायतका कार्यहरु नागरिक मैत्री बनाउन निर्देशन दिएका हुन्।



    साथै, परिसरका अनुसार एसएसपी गिरीले पीडितलाई न्याय र पीडकलाई सजायँ दिलाउने कार्यमा कुनै सम्झौता नगर्न समेत कर्मचारीहरुलाई निर्देशन दिएका छन्।



    एसएसपी गिरि केही दिनअघि मात्रै सीआईबीबाट परिसरमा सरुवा आएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार