Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • जग नै कुच्चिनेगरी शिक्षकमाथि आक्रमण गर्ने विद्यार्थीलाई कारवाही गर्न नेविसंघको माग

    जग नै कुच्चिनेगरी शिक्षकमाथि आक्रमण गर्ने विद्यार्थीलाई कारवाही गर्न नेविसंघको माग

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका शिक्षकमाथि आक्रमण गर्ने विद्यार्थीलाई कारवाहीको माग गरेको छ ।

    बिहीबार नेविसंघ आरआर इकाईले एक प्रेस विज्ञप्तिमार्फत घटनाको भत्सर्ना गर्दै दोषीमाथि कडा कारवाही गर्न क्याम्पस प्रशासनसँग माग गरेको हो।



    गत पुष ६ गते क्याम्पसमा आन्तरिक मूल्यांकन परीक्षा हुँदै गर्दा अनावश्यक रुपमा परीक्षा हलमा प्रवेश गरेर अनेरास्ववियुनिकट कुवेर जेठाराले परीक्षा सञ्चालन गरिरहेका शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण गरेका थिए ।



    खानेपानी जग नै कुच्चिनेगरी भएको आक्रमणमा घाइते शिक्षक पुडासैनीको टाउकोमा सात टाँका लागेको थियो । दोषीलाई कारवाही गरी क्याम्पसमा पठनपाठन सूचारु गरायन र क्याम्पसमा विद्यार्थी तथा प्राध्यापकहरुको सुरक्षाको प्रत्याभूति दिलाउन पनि माग गरिएको छ ।

    यस्तो छ बिज्ञप्ति:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार