Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • जाडोमा कसरी जोगाउने शरीरको छाला ?

    जाडोमा कसरी जोगाउने शरीरको छाला ?

    अनलाइन नेपाल
  • शुक्रबार, ९ पुष २०७८
  • 2.6K
    SHARES

    काठमाडौँ । जाडो महिनाको वातावरणमा मोइस्चर कम हुने र हावा सुख्खा हुने भएकाले छालामा विभिन्न समस्या देखिन सक्छन् । जाडोमा चिसोले नाक रातो हुने, कपालमा चाया पर्ने, आँखी भौँमा कत्ला आउने लगायत समस्या देखा पर्दछ । यसका साथै छाला सुख्खा हुने, हातखुट्टामा कत्ला पर्ने, चिलाउने, छाला रातो हुने लगायत समस्या आउन देखिन सक्छन् ।

    जाडोमा छालामा हुने समस्याबाट कसरी जागिने



    – धेरै तातो र धेरै चिसो पानीले छालालाई असर गर्ने भएकाले नुहाउँदा वा मुख धुँदा मनतातो पानीको प्रयोग गर्ने।



    – नुहाउँदा ५ देखि १० मिनेटसम्म नुहाउने अनि मोस्चराइजर प्रयोग गर्ने।

    -साबुनले छालालाई सुख्खा बनाउने भएकाले मोस्चराइज हुने खालको साबुन मात्र प्रयोग गर्ने।

    -छालालाई मुलायम राख्नका लागि भिटामिन ‘ई’ भएको क्रिम वा लोसन नियमित प्रयोग गर्ने।

    – इलेक्ट्रिक हिटरको तापले छालालाई सुख्खा बनाउने भएकाले धेरै समयसम्म हिटरको छेउमा नबस्ने।

    -घाममा धेरैबेर नबस्ने। किनकी घामको अत्यधिक रेडिएसनले गर्दा छालाको क्यानसर हुन सक्छ।

    – घाममा निस्किँदा सनस्क्रिनको प्रयोग गरेर मात्र निस्कने।

    – बाक्लो, न्यानो अनि सफा कपडाको प्रयोग गर्ने।

    – हातखुट्टामा बाक्लो खालको पञ्जा र मोजाको प्रयोग गर्ने।

    – राति सुत्नुभन्दा अगाडि सधैँ फेसवासले मुख धुने।

    – छालामा अन्य समस्या देखापरे तुरुन्त चिकित्सकको सल्लाह लिने।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार