Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • किन आफ्नै क्वाटरमा झुण्डिएर आत्महत्या गरे एसएसपी यादवले ?

    किन आफ्नै क्वाटरमा झुण्डिएर आत्महत्या गरे एसएसपी यादवले ?

    अनलाइन नेपाल
  • शुक्रबार, ९ पुष २०७८
  • 2.9K
    SHARES

    बुटवल । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव शुक्रबार दिउँसो आफ्नै क्वाटरमा  झुण्डिएको अवस्थामा मृत फेला परे। अचानक भएको उनको मृत्युपछि यतिबेला सामाजिक सञ्जालहरुमा एसएसपी यादवले झुण्डिएर किन आत्महत्या गरे ? भन्ने बिषय निकै चासो रहेको छ ।

    करिब एक महिनापछि २०७८ माघ १५ मा ५५ बर्ष उमेर हदका कारण अवकाश पाउँदै गरेका एसएसपी यादव प्रहरीमा उच्च छबी भएका अधिकारीमा गनिन्थे। उनी डीआईजी बढुवाको प्रमुख दाबेदार समेत रहेका थिए।



    तर, प्रहरी उच्च स्रोतका अनुसार एआइजी विश्वराज पोखरेलहरुका ब्याजी यादव एसएसपीमै अवकाश हुने अवस्थाले पनि उनमा निराशा पैदा भएको हुनसक्ने अनुमान गरिएको छ ।



    पूर्वप्रहरी महानिरीक्षक तथा राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधानकी भान्जी विवाह गरेका एसएसपी यादवको अन्तराजातीय विवाह हो । यादवको शव उनकी श्रीमती आएपछि निकालिने प्रहरीले जनाएको छ।

    यादवको श्रीमती काठमाडौंबाट दिउँसो ३ बजे भैरहवा पुग्ने बताइएको छ । उता यादवका बुवा-आमा भने घटनास्थल पुगिसकेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार