Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा ‘योग्यता नै नपुगेका’ महाश्रम शर्माको नियुक्ति

    राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा ‘योग्यता नै नपुगेका’ महाश्रम शर्माको नियुक्ति

    अनलाइन नेपाल
  • शुक्रबार, ९ पुष २०७८
  • 2.8K
    SHARES

    काठमाडौं । सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा ‘योग्यता र अनुभव नै नपुगेका’ व्यक्ति महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ।

    सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।



    बोर्डका तत्कालिन अध्यक्ष प्रा.डा.चन्द्रमणी पौडेलको कार्यकाल गत असोज २४ गते सकिएपछि बोर्ड अध्यक्षविहीन भएको थियो । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि आवेदन दिएका १५ जनामध्येबाट पाँचजनाको नाम सर्ट लिस्ट गरिएको थियो ।



    समितिको सर्ट लिष्टमा प्रा.डा. घनश्यम भट्टराई, दुर्गाप्रसाद पाण्डे, प्रा.डा. महानन्द चालिसे, डा. महाश्रम शर्मा र प्रा.डा. शोभाखर कँडेल रहेका थिए । तिमध्ये सर्ट लिष्टमा परेका डा.शर्माको भने योग्यता र अनुभव नै नपुग्ने बोर्डका कर्मचारीहरु नै बताएका थिए।

    विज्ञापनको योग्यता र अनुभवको क नम्बरमा शिक्षा ऐन, २०२८ को दफा ४(क) को उपदफा २ को खण्ड (क) मा उल्लेखित योग्यता र अनुभव पुगेको हुनुपर्ने उल्लेख छ ।

    विज्ञापनमा स्पष्टिकरण भन्दै ‘क’ लाई यसरी प्रष्ट पारिएको छ । स्पष्टिकरणमा भनिएकाे छ,‘ऐनको दफा ४(क) को उपदफा २ को खण्ड (क) को प्रयोजनका लागि शिक्षा तथा परीक्षा सम्बन्धी क्षेत्रमा कम्तिमा १२ वर्षको अनुभव भन्नाले शिक्षा र प्राध्यापन क्षेत्रमा १२ वर्षको अनुभव हासिल गरी सोही समयमा परीक्षा व्यवस्थापन र सञ्चालन कार्यमा कम्तिमा ३ वर्षको अनुवभ जनाउँदछ ।’

    तर, नेपाल सरकारका सचिव डा.शर्माको भने उक्त योग्यता र अनुभव पुग्दैन । अनुभव र योग्यता नै नपुगेका व्यक्ति सर्ट लिष्टमा परेपछि त्यस्ता व्यक्ति अध्यक्ष भएको खण्डमा बोर्डको हितमा काम गर्न नसक्ने राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीहरु बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार