Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • भारतीय अत्तर व्यापारीको घरमा आयकर विभागको छापा, पैसा गन्न मेसिन नै झिकाइयो

    भारतीय अत्तर व्यापारीको घरमा आयकर विभागको छापा, पैसा गन्न मेसिन नै झिकाइयो

    अनलाइन नेपाल
  • शनिबार, १० पुष २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । भारतको आयकर विभाग, अप्रत्यक्ष कर र भन्सारको केन्द्रीय बोर्डले उत्तर प्रदेशमा अर्को वर्ष फेब्रुअरी-मार्चमा हुने विधानसभा चुनावअघि विभिन्न प्रतिष्ठित व्यक्तिका घरहरुमा सक्रिय रूपमा छापा मारिरहेका छन्।

    रिपोर्टका अनुसार हालै समाजवादी पार्टीसँग सम्बन्धित केही व्यक्तिलाई केन्द्रीय निकायले छापा मारेको थियो । यस विषयमा निकै हंगामा भएको थियो । आरोप-प्रत्यारोपको राउण्ड पनि चल्यो तर बिहीबारको कानपुरमा भएको छापाले राजनीतिक वृत्तमा भड्काउने राउन्डलाई हावा मात्र दिएको छैन, सर्वसाधारणलाई पनि स्तब्ध बनाएको छ ।



    बिहीबार केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले कानपुरस्थित अत्तर व्यापारी पियुष जैनको कारखाना र घरमा छापा मारेको थियो । केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डका विभिन्न टोलीले गुजरातको मुम्बईमा रहेको उनको घर, कारखाना, उनको कार्यालय, कोल्ड स्टोरेज र पेट्रोल पम्पमा पनि छापा मारेका थिए ।



    केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डका अधिकारीहरुले पियुष जैनबाट करोडौं रुपैयाँ असुली भएको बताएका छन् । उनको घरमा भेटिएको रकम गन्न मेसिननै मगाउनु परेको रिपोर्टमा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार