Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • प्रधानन्यायाधीश राणाको सम्पत्ति छानबिनको माग, डा.केसीसहितका अभियन्ताहरुद्वारा उजुरी दर्ता

    प्रधानन्यायाधीश राणाको सम्पत्ति छानबिनको माग, डा.केसीसहितका अभियन्ताहरुद्वारा उजुरी दर्ता

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ ।

    आइतबार डा. गोविन्द केसीसहितका नागरिक अभियन्ताहरुले प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन र अनुसन्धान मागसहित उजुरी दिएका हुन् ।



    अभियन्ताहरुले जबराले परिवारका अन्य सदस्यका नाममा लगानी गरेको र अवैध सम्पत्ति लुकाएको आरोप लगाएका छन् ।



    उजुरीमा जबराले आफू विशेष अदालतको न्यायाधीश हुँदा अवैध आर्जन गरेको, करोडौं रुपैयाँ श्रीमती रेजी राणा (क्षेत्री) मार्फत २०६५ सालमा काठमाडौं महानगर–३० ठमेलस्थित कित्ता नम्बर १०९ र कि.नं. ११० को बहुमूल्य जग्गा (हाल करिब ४० करोड भनिएको) मा लगानी गरेको उल्लेख गरिएको छ।

    ‘न्याय सम्पादनको सर्वोच्च पदमा बसेर फैसलाहरुको किनबेच गर्ने, न्यायालयमा घुसखोरी र भ्रष्टाचार संस्थागत गर्ने तथा शक्ति पृथकीकरणको सिद्धान्त लत्याउँदै राज्यको कार्यकारी अंगमा हिस्सा खोज्ने प्रधान न्यायधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाइयोस्। जबरा, उनका नातेदार र बिचौलियाहरुको सम्पत्ति तत्काल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत छानविन गरेर आवश्यक कारवाही गरियोस्,’ उजुरीमा लेखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार