Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ५६ औं जन्मदिनको पूर्वसन्ध्यामा सलमान खानलाई सर्पले टोकेपछि..

    ५६ औं जन्मदिनको पूर्वसन्ध्यामा सलमान खानलाई सर्पले टोकेपछि..

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 1.8K
    SHARES

    एजेन्सी। बलिउडका दबंग अभिनेता सलमान खानलाई सर्पले टोकेको खबर आएपछि लाखौं फ्यानहरु चिन्तित भए । फ्यानको मनमा राज गरेका सलमान खानलाई गएराति उनको पनवेल फार्म हाउसमा सर्पले टोकेको थियो ।

    यो खबर सुनेपछि फ्यानहरु स्तब्ध भए । तर, जब सलमान निको भएको खबर बाहिर आयो तब उनका फ्यानहरुले राहतको सास फेरे । कामबाट ब्रेक लिएर फार्म हाउस किन गए सलमान ? अहिले यो प्रश्नको उत्तर फ्यानहरुले खोजिरहेका छन्। सलमान खानको मनपर्ने ठाउँ उनको पनवेल फार्म हाउस हो। यो कुरा सलमानले धेरै पटक उल्लेख गरेका छन् । तर, उनी आफ्नो परिवारसँग मुम्बईको फ्ल्याटमा बस्छन् ।



    सलमान खानलाई राति सर्पले टोकेको थियो, ७ घण्टा अस्पतालमा बसेर क्रिसमस र बर्थडे सेलिब्रेशनका लागि फार्म हाउस पुगेका थिए, २५ डिसेम्बरमा सलमानको क्रिसमस र २७ डिसेम्बरमा सलमान खानको ५६ औं जन्मदिन थियो । यस्तो अवस्थामा सलमान खान कामबाट ब्रेक लिएर क्रिसमस र बर्थडे दुवै मनाउन आफ्नो पनवेल फार्म हाउसमा पुगे ।



    तर जन्मदिनको एक दिन अगाडि अभिनेतालाई सर्पले टोकेको थियो । त्यसलगत्तै सलमानलाई उपचारका लागि नवी मुम्बईको कामोठेको एमजीएममा लगियो । अस्पतालमा भर्ना गरिएको थियो ।

    सलमानलाई दिउँसो ३ बजे अस्पतालमा भर्ना गरिएको थियो । करिब ६ देखि ७ घण्टा अस्पतालमा बसेपछि आइतबार बिहान ९ बजेतिर फार्म हाउस फर्किएका उनी डिस्चार्ज भएका हुन् । अब यस्तो अवस्थामा सलमान खानले आफ्नो जन्मदिन मनाउने कि नमनाउने त्यो भने पर्खनु पर्ने विषय हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार