Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • एसियन सेन्ट्रल जोन: नेपाली टोली फाइनलमा, उज्वेकिस्तान ३-० को सोझो सेटमा पराजित

    एसियन सेन्ट्रल जोन: नेपाली टोली फाइनलमा, उज्वेकिस्तान ३-० को सोझो सेटमा पराजित

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । साबिक विजेता नेपाली राष्ट्रिय महिला टोलीले उज्वेकिस्तानलाई सोझो सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यम्पियनसिपको फाइनलमा पुगेको छ ।

    बंगलादेशको ढाकामा जारी प्रतियोगितामा अपराजित दुई टोलीबीचको खेलमा नेपालले उज्वेकिस्तानलाई २५-२०, २५-२३ र २५-१४ को सेटमा हराएकाे हाे ।



    साविक विजेता नेपाली टोलीले यसअघि श्रीलंकालाई ३-२, बंगलादेश र माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगिताका लगातार चौथो जित निकालेको हो ।



    नेपाल चार खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । नेपालले अब सोमबार किर्गिस्तानको सामना गर्नेछ ।

    उज्वेकिस्तानको यो पहिलो हार हो । प्रतियोगितामा उज्वेकिस्तानले माल्दिभ्स, बंगलादेश र किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो । उज्वेकिस्तानले समान चार खेलमा ९ अंक र श्रीलंकाले १० अंक बनाएको छ ।

    सोमबार श्रीलंका र उज्वेकिस्तानको विजेताले फाइनलमा उपाधिका लागि नेपालसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार