Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • देशकै नं. १ जीवन बीमा कम्पनीका अध्यक्ष नै ठगी धन्दामा, संघाई समूहले यसरी छल्छ राजश्व

    देशकै नं. १ जीवन बीमा कम्पनीका अध्यक्ष नै ठगी धन्दामा, संघाई समूहले यसरी छल्छ राजश्व

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । आफूलाई स्वघोषित रुपमा देशकै नं. १ जीवन बीमा कम्पनी भएको दावी गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी विवाद नै विवादमा फसेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफामा ९६.९३ प्रतिशत कमी आउँदा समेत नाफामा गएको भनेर प्रचार गर्दै आएको नेपाल लाईफ इन्सोरेन्सले ग्राहकलाई ढाट्ने काम गरिरहेको छ ।

    जनतामा जीवन बीमाको महत्वका बारे सचेतना जगाउने भन्दै कम्पनीले पुस ६ गतेदेखि ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरेको थियो । तर, नेपाल लाईफ इन्सोरेन्सका अध्यक्ष गोविन्दलाल संघाई भने ठगी धन्दामा मुछिएको तथ्य बाहिर आएको छ । गोविन्दलाल संलग्न रहेको सिद्धार्थ ग्यास उद्योगले सञ्चालक रमेशकुमार अग्रवाललाई बिगत ९ बर्षदेखि ठगी गर्दै आएको भन्दै अग्रवाल स्वयम्ले नै राज्यका विभिन्न निकायहरुमा उजुरी गर्दै आइरहेका छन् ।



    सिद्धार्थ ग्यास उद्योगमा संघाई समूहको ७५ प्रतिशत शेयर रहेको छ भने अग्रवालको २५ प्रतिशत शेयर रहेको छ । सिद्धार्थ ग्यासमा संघाई समूहका सदस्यहरु क्रमश रामचन्द्र संघाइको ५० प्रतिशत, गोविन्दलाल संघाईको १२.५ प्रतिशत र विरेन्द्र संघाईको १२.५ प्रतिशत शेयर रहेको अग्रवाल बताउँछन् ।



    तर, सिद्धार्थ ग्यास उद्योगका सञ्चालक समितिका अध्यक्ष रामचन्द्र संघाई र सदस्य गोविन्दलाल संघाइहरुले कम्पनीलाई एकलौटी सञ्चालन गरेर आफ्नो करोडौ रकम डुबाएको भन्दै पीडित सञ्चालक अग्रवाल बिगत ९ बर्षदेखि न्याय माग्न राज्यका बिभिन्न निकायहरुमा धाए पनि न्याय पाउन नसेकेको गुनासो गर्छन् । सिद्धार्थमा ५० प्रतिशत सेयर रहेका संघाई दाजुभाईसँग आफूले हिसाबकिताव माग्दा उल्टै प्रहरी र प्रशासनको आडमा ज्यानै मार्ने सम्मको धम्की दिने गरेको अग्रवालको आरोप छ ।

    संघाई दाजुभाईले गुण्डा लगाएर आफुलाई कार्यालय नै प्रवेश गर्न नदिएको अग्रवालले आरोप लगाएका छन् । ‘म राज्यका निकायहरु सिआईबी, अपराध महाशाखा, राजश्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायहरुमा संघाई दाजुभाईले शेयर हडपेर दुःख दिएको भन्दै न्यायका लागि उजुरी दिंदा समेत उल्टै ती निकायहरुले संघाई दाजुभाईहरुलाई नै संरक्षण गरिरहेका छन् । उनीहरुमध्ये कोही एनआईशी एशिया बैंकका सञ्चालक छन् भने कोही नेपाल लाईफ इन्सोरेन्स कम्पनीमा अध्यक्ष छन् । त्यसैले राज्यका निकायहरुमा समेत उनीहरुकै हालीमुहाली छ । त्यसकारण मैले अहिलेसम्म पनि न्याय पाउन सकेको छैन ।’–पीडित अग्रवालले गुनासो गर्दै भने ।

    शेयर माग्न जाँदा कहिले आईजीपीको धाक दिने त कहिले ‘हाम्रो एनआईशी बैंक, नेपाल लाईफ इन्स्योरेन्स र सिद्धार्थ ग्यासले राज्यका सबै निकायलाई खरिद गरेका छौ, तैले के गर्न सक्छस गर’ भन्दै रामचन्द्र र उनका दाजुभाईहरुले धम्क्याउने गरेको भन्दै अग्रवालले पिडा पोखे । अहिले म सर्बोच्च अदालतमा अन्तिम न्याय माग्न गएको छु । अब न्याय नपाए मेरो अन्तिम बिकल्प भनेको आत्महत्या गर्नु नै हो ।’

    आफुले शुरुमा १० करोड रकम इन्भेस्टमेन्ट बैंकमा जम्मा गरेको र अहिले आफ्नो शेयर मुल्य नै अर्ब पुगिसकेको अग्रवालले दाबी गरेका छन् ।

    त्यसो त रामचन्द संघाई र गोविन्दललाल संघाईले ९ बर्षदेखि नै सिद्धार्थ ग्यास उद्योग प्रालिको नामबाट बर्षौंदेखि राजश्व चुहावट तथा विदेशी मुद्रा अपचलन गर्दै आइरहेको पाइएको छ । संघाई दाजुभाईले ५० प्रतिशत लगानीकर्तालाई बाइपास गरेर सिद्धार्थ ग्यास उद्योग कब्जा गरि बुलेट ढुवानीमा बढि भाडा तिरेर वर्षौंदेखि करोडौं राजश्व चुहावट गर्दै आइरहेका छन् ।

    संघाई दाजुभाईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कम्पनी रजिस्ट्रार कार्यालय, उद्योग विभाग, आन्तरिक राजश्व विभागलगायतका निकायलाई प्रभावमा पारेर एकातिर अग्रवाललाई कम्पनीको आर्थिक विवरण देखि व्यवस्थापनको कुनै जानकारी दिएका छैनन् भने अर्कोतिर ठूलो मात्रामा राजश्व छली गर्दै आएका छन् ।

    त्रिवेणी समूह अन्तर्गतको संघाई समूहले चलाएको उक्त ग्यास उद्योगमाथि ग्यास ढुवानीमा अनियमितता गरेको, कम्पनीको हिसाबमा नयाँ सिलिण्डर खरिदमा खर्च देखाएको तर मापदण्ड नाघिसकेको र ग्यास फिलीङ्ग गर्न नमिल्ने पुराना सिलिण्डरलाई टालटुल गरी रंगरोगन लगाई ग्यास भर्ने गरेकोे, हाईड्रोलिक यन्त्र विना नै उद्योग चलाई रहेको, यासको सिलीण्डरमा रहेको लेदो फोहर नहटाई पुनः रिफीलीङ्ग गर्ने गरी ग्यासको तौलमा ठगी गरेको आरोप लागेको छ । त्यसैगरी ग्यास सिलीण्डरको तौलमा एक रुपता कायम नगरेको लगायतका उपभोक्ताको हित प्रतिकुलका बिभिन्न अनियमितता कार्यहरु गर्दै आइरको छ ।

    सिद्धार्थ ग्यासद्वारा विदेशी मुद्रा अपचलन
    सिद्धार्थ ग्यासले नेपाल आयल निगमबाट पिओडी सुविधा लिई भारतको बैरोनी र हल्दीमा भन्ने ठाउँबाट भारतीय बुलेट ट्याङ्करका मालिकसँग सम्झौता गरी प्रति टनको दररेट कायम गरी ग्यास झिकाउने काम गर्दै आइरहेको छ । यसै क्रममा भारतको शक्ति रोडवेज ट्रान्सपोर्ट दिल्लीसँग सन् २०११२/१०/०३ मा बैरोनीबाट प्रतिटन भारु दुई हजार अठ सय र हल्दियाबाट प्रतिटन भारु पाँच हजार सात सय १५ मा सिद्धार्थ ग्यास उद्योसम्म पु–याउने सम्झौता भयो ।

    संघाई दाजुभाईले उक्त सम्झौता विपरित भारु दुई हजार अठ सयको ठाउँमा भारु तीन हजार छ सय प्रति टन दर ड्राफ्ट बनाई र सोही अनुरुप भारतको हल्दियाबाट भाडा कायम भएको भारु पाँच हजार सात सय १५ को सट्टामा छ हजार छ सय ८० को प्रति टनको हिसावले ड्राफ्ट बनाई शक्ति रोडवेजलाई पठाउने र करार भन्दा बढि भएको रकम शक्ति रोडवेजसँग भारतमा लिने गरेको प्रमाण समेत भेटिएको छ ।

    सोही विषयमा छानविन गरी कारबाही गर्न रमेश अग्रवाल स्वयमले सीआईबीलगायतका निकायमा निवेदन दिएका थिए । तर, अहिलेसम्म संघाई दाजुभाईमाथि कुनै पनि निकायले कारबाही गर्न सकेका छैनन् । जसका कारण उनीहरुलाई विदेशी मुद्रा अपचलन गर्न र राजश्व छली गर्न सहज भइरहेको छ ।

    सिद्धार्थ ग्यास उद्योगले पिओडी करारको ग्यास आयात गर्न नौ सय टनको सुविधा पाएको र प्रतिटन करिव एक हजार भारुको राजश्व छली र भारतीय रुपैयाँको अपचलन भएकोमा एक वर्षमा एक करोड आठ लाख छली र अपचल भएको देखिन्छ । हालसम्म ९ बर्षमा करिव २० करोड भन्दा बढि राजश्व छली र अपचलन भएको प्रमाणित भइसक्दा पनि संघाई दाजुभाईमाथि राजश्वले कुनै पनि कारबाही गर्न नसकेको अग्रवाल नै दाबी गर्छन। जुन हिसाबकिताब आफुसँग सुरक्षित रहेको उनी उल्लेख गर्छन् । यस बारेमा संघाई समूहका रामचन्द्र र गोविन्दलासँग पटक–पटक प्रतिक्रिया लिन खोज्दा उनीहरुसँग सम्पर्क हुन सकेन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार