Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • माओवादी केन्द्रको महाधिवेशन: विशेष अतिथिमा माधव नेपाल

    माओवादी केन्द्रको महाधिवेशन: विशेष अतिथिमा माधव नेपाल

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 1K
    SHARES

    काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौं अधिवेशन काठमाडौंमा आइतबारबाट सुरु भएको छ ।

    सो महाधिवेशनको विशेष अतिथिका रुपमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहभागी भएका छन् । अध्यक्ष नेपाललाई कार्यक्रम संचालन गरिरहेका पार्टीका नेता एवं अर्थमन्त्री जनार्दन शर्माले विशेष अतिथिको रुपमा आसन ग्रहण गराएका हुन्।



    कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, नेकपा मालेका नेता सीपी मैनाली, राप्रपा महामन्त्री कुन्तीसहितका नेताहरूको उपस्थिति रहेको छ।



    आइतबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्ने माओवादीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार