Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • माओवादी महाधिवेशन: राप्रपाकी महामन्त्री कुन्ती शाहीको हाँसोलाग्दो सम्बोधन !

    माओवादी महाधिवेशन: राप्रपाकी महामन्त्री कुन्ती शाहीको हाँसोलाग्दो सम्बोधन !

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनको उद्घाटन सत्र चलिरहेको छ ।

    काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको महाधिवेशनलाई शुभकामना दिन पहिलो वक्ताका रुपमा आएकी राप्रपा महामन्त्री कुन्ती शाहीले सम्बोधन गर्ने क्रममा सहभागीहरू हाँसे । कारण थियो, अतिथिको नाम र पद सही उच्चारण गर्न नसक्नु ।



    सुरुमा उनले कांग्रेस सभापति भन्नुपर्नेमा अध्यक्ष भनिन् । त्यसपछि नेकपा एमाले भन्नुपर्नेमा नेकपा भनिन् । एमाले महासचिव शंकर पोखरेल भन्नुपर्नेमा उनले नेकपा महासचिव ईश्वर पोखरेल भनेपछि सहभागी हाँसेका हुन् । यस्तै, कार्यक्रममा उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलै सम्बोधन गर्दा पनि जनता पार्टी मात्रै भनेकी थिइन्।



    शाहीले माओवादी केन्द्रकाे महाधिवेशनकाे सफलताकाे शुभकामना समेत दिइन् । महाधिवेशनले महिलाकाे अधिकार ल्याउन सफल हुने शाहीको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार