Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कुनै व्यक्ति वा वंशको तानाशाही स्वीकार्य हुँदैन: माधव नेपाल

    कुनै व्यक्ति वा वंशको तानाशाही स्वीकार्य हुँदैन: माधव नेपाल

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले इतिहास अघि बढिसकेको भन्दै अब पछाडि फर्कने कुनै सम्भावना नरहेको बताएका छन् ।

    नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपालले अब मुलुकमा कुनै व्यक्ति वा वंशको तानाशाही स्वीकार्य हुन नसक्ने बताए ।



    नयाँ नेपाल निर्माण गर्ने हाम्रो मान्यता र विचार के हुन् भन्नेबारेमा दलहरुबीच छलफल गर्न जरुरी रहेको नेपालले औँल्याए । देशमा नागरिकको अधिकार ठुलो हुने र पार्टीमा कार्यकर्ताको अधिकार ठुलो हुने नेपालको भनाइ छ ।



    महाधिवेशन आगामी बिहीबारसम्म चल्ने बताइएको छ। कार्यक्रममा प्रधनमन्त्री शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थित रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार