Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • सन्नी लियोनलाई मध्य प्रदेशका मन्त्रीको चेतावनी- त्यो भिडियो हटाउनु

    सन्नी लियोनलाई मध्य प्रदेशका मन्त्रीको चेतावनी- त्यो भिडियो हटाउनु

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 1.7K
    SHARES

    नयाँ दिल्ली । मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले बलिउड अभिनेत्री सन्नी लियोन अभिनित युट्युभमा रिलिज ‘मधुवन मे राधिका’बोलको म्युजिक भिडियो हटाउन चेतावनी दिएका छन्।

    हिन्दुस्तान टाइम्सका अनुसार गृहमन्त्री मिश्रले सन्नी लियोन र म्युजिक भिडियोको टिमले सो भिडियो आगामी तीन दिनभित्रमा हटाउनु पर्ने चेतावनी दिएका हुन् ।



    यदी सो भिडियो नहटाए उनीहरुविरुद्ध कानुनी कारवाही गरिने गृहमन्त्री मिश्रको चेतावनी रहेको समाचारमा उल्लेख छ।



    गृहमन्त्री मिश्रका अनुसार उक्त म्युजिक भिडियोले हिन्दुहरुको भावनामाथि चोट पुर्याएको छ।

    यस्तै, सन्नी लियोन र उनको टिमले ‘मधुवनले राधिका नाचे’ बोलको म्युजिक भिडियो बनाएर  हिन्दुहरुको भावनामाथि थप चोट पुर्‍याउने प्रयास गरेको मन्त्री मिश्रको ठम्याई छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार