Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

उपस्थित सबैलाई धन्यवाद, उठाइएको एजेण्डामा गम्भीर ध्यानाकर्षण: प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको महाधिवेशनमा उपस्थित सबै शीर्ष नेताहरुलगायत सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गरेका छन्।

आजबाट काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको पार्टीको उद्घाटनसत्रमा उपस्थित भएका सबै नेताहरुलाई अध्यक्ष प्रचण्डले सम्बोधनमार्फत् धन्यवाद दिएका हुन्।

कार्यक्रमको सम्बोधनमा सबै नेताहरुले उठाएका कुरालाई आत्म समीक्षा गर्ने बताएका पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सबै एजेण्डामा आफ्नो गम्भीर ध्यानाकर्षण  भएको प्रस्ट पारे।

महाधिवेशन आगामी बिहीबारसम्म चल्ने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077