Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मारुती सिमेन्टको ट्रक कुनै अत्यावश्यक साधनभित्र पर्दैन, दादागिरी देखाउनेलाई कारबाही हुन्छ: सीके राउत

    मारुती सिमेन्टको ट्रक कुनै अत्यावश्यक साधनभित्र पर्दैन, दादागिरी देखाउनेलाई कारबाही हुन्छ: सीके राउत

    अनलाइन नेपाल
  • सोमबार, १२ पुष २०७८
  • 2.8K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टी सिरहाले किसानका ७ बुँदे मागसहित आन्दोलनमा उत्रिएको छ । तर, किसानको पक्षमा भन्दै आन्दोलन सुरु गरेको राउत नेतृत्वको पार्टीको चौतर्फी आलोचना पनि भइरहेको छ ।

    जनमत पार्टीले आज सिराहमा चक्काजामको घोषणा गरेको थियो । तर, जनमतले आफ्नो चक्काजामको उलंघन गरेको भन्दै सर्वसाधारणका गाडीमाथि तोडफोड र आगजनी गर्यो, जुन कार्यको भने सर्वत्र आलोचना भएको हो ।



    बिहानै जनमतले एक ट्रकमा आगजनी समेत गरेको थियो। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल नै बन्यो । आलोचनाबारे जवाफ दिँदै राउतले आन्दोलनको उल्लङ्घन गर्नेलाई कारबाही हुने प्रष्ट पारेका छन् । यस्तै, उनले कसैले पनि किसानहरुलाई आन्दोलनबारे प्रवचन नदिनसमेत सुझाएका छन् ।



    यस्तो छ राउतले सामाजिक सञ्जालमा लेखेको स्टाटस, ‘सिरहामा आमहड्तालको औपचारिक घोषणा दुई दिन पहिलेदेखि थियो। एक दिन अगाडि मसाल जुलुस पनि निकालिएको थियो। आम हडतालको दिन सिरहा जिल्ला प्रवेश गर्नु अगाडि नै बन्दीपुर र बलानमा सबै गाडीलाई अगाडि बन्द छ भनेर सूचना पनि दिइन्थ्यो।

    यति हुँदाहुँदै पनि गाडी चलाएर आन्दोलन उल्लङ्घन गर्ने र दादागिरी देखाउने हो भने कारबाही हुन्छ नै। मारुती सिमेन्टको ट्रक चलाउनु कुनै अत्यावश्यक साधन भित्र पर्दैन। क्षतिपूर्तिको सम्पूर्ण जिम्मेवारी त्यहाँको स्थानीय प्रहरी र प्रशासनको हो, जसले जबरजस्ती हाम्रो आन्दोलन उल्लङ्घन गर्न लगाए, बिहानैबिहान दर्जनौँ राउन्ड अश्रुग्याँस फायरिङ गरे र दर्जनौँ प्रहरीले घेरेर निहत्था निर्दोष जनतालाई मरणासन्न गरी कुटे।

    कसैले प्रवचन दिइराख्नु पर्दैन – तोप पड्काएर हजारौँ मान्छे मार्ने र प्लेन अपहरण गर्ने, टाउको काट्दै हिँड्ने, १७,००० मार्ने, ५ महिना नाकाबन्दी गरेर पूरा मधेस तहसनहस बनाउने, दर्जनका दर्जन गाडीमा आगो लगाउने, गौर नरसंहार गरी २७ जनाको निर्मम हत्या गर्ने, नाकाबन्दीमा आफू तेल बेच्ने र जनताले तेल ल्याउँदा जिउँदै मान्छेलाई पेट्रोल छरेर आगो लगाएर मार्ने, प्रहरीलाई एम्बुलेन्सबाट थुतेर हत्या गर्ने, दर्जनौँ प्रहरी चौकीमा आगो लगाउनेहरूले किसानहरूलाई प्रवचन दिइराख्नु पर्दैन।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार