Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • लोहोरोले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

    लोहोरोले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १२ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरले लोहोरो प्रहार गरी श्रीमतीकाे हत्या गरेको आरोपमा पक्राउ परेको छ ।

    प्रहरीका अनुसार फाल्गुनन्द गाउँपालिका-२ इम्बुङका इन्द्रकुमार नेम्वाङले लोहोरो प्रहार गरी श्रीमतीकाे हत्या गरेका हुन् । ९ पुस दिउँसाे घरायसी झगडाका क्रममा नेम्वाङले प्रहार गरेकाे लाेहाेराेले लागेर ४५ वर्षीया जीवनकुमारी नेम्वाङ गम्भीर घाइते भएकी थिइन् ।



    जीवनकुमारीकाे टाउकोमा लोहोरोले लागेकाे थियाे । उनकाे झापाको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हाे ।



    जीवनकुमारीको मृत्युपछि मात्रै घटनाबारे थाहा पाएको प्रहरीले जनाएकाे छ । प्रहरीले इन्द्रकुमारलाई घरैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार